Saturday, December 31, 2011

फगत एक नजरमा ........

प्रसिद्ध गायक तथा रङ्गकर्मी हरिप्रसाद रिमाल लामो समय देखि अस्वस्थ हुनुन्छ । सबैलाई थाहै छ । धेरै समय पछी हामी भेट्न गएका थियौ । बिरामी भयेता पनि वहाँको रमाइलो गर्ने , हाँसिमजाक गर्ने बानी उस्तै स्वस्थ रहेछ ।  रेडियो नेपालकी समाचार वाचिका पत्नी कल्यानी रिमालसँग  वहाँको दम्पत्य  जीवन साँच्चीकै रमाइलो देखिन्छ । 
यो ब्यस्त शहरमा बुडा बुडी धुम्दुम्ती बसेका छन । कोहि भेट्न गये तिनका अनुहारमा उज्यालो छाउछ  । नयाँ बर्षको उपलक्ष्यमा वहाँहरुको सुस्वास्थ्य र दिर्घायुको कामना ।  

















Saturday, December 10, 2011

बदाम बेच्ने दाजुसँग एकछिन

गएको बुधवार मर्टिन चौतारीको आँगनमा घाम ताप्तै साथीहरुसँग गफ गर्दै थिए । बदाम खानु न भन्दै  एकजना दाजु डालो भरी बदाम बोकेर अाइपुगे । बदाम त हामीले किन्यौ नै ति हंसिला काभ्रेपलान्चोके दाजुसँग, साथमा मैले फोटो नि खिच्ने मौका पाए । गएको चालिस बर्ष देखी काठमाडौंमा बदाम ब्यापार गरिरहेका यि दाजुलाई केही बर्ष अघी उनकै शब्द मा 'खावोबादी' ले गरिखाएको देखिनसहेर बचायेर राखेको सबै पचाश हजार रुपैया लुटेका रहेछन गाउँमा ।
लगएको सुनको दाँत देखाउनै का लागि हासिरहे जस्ता देखिने उन्लाई मैले सोधे -'दाजु दाँत त सुनको लागाउनु भको रछ त ? उनले झनै हाँस्दै भने-' मलाई त केइ रहर थेन सुनको दाँत लगाउने, यो त मेरी girlfriend ले साह्रै कर गरेर ।' उत्तिनै खेर सुस्केरा हाल्दै उन्ले भने -'के गर्नु छाडेर हिडिहली मलाई ।'
धेरै जनाले धेरै खालका फोटो खिचे पनि कसैले एउटा पनि नदिएको उनको गुनासोलाई मनन गर्दै यो बुधवार फेरी फोटोसहित  भेट्ने बाचा छ ।            
   













Tuesday, December 6, 2011

Random

You speak too much.

Its a gadget time.


Support makes things good.


No more flu please.


Still keeping my smile.

Though its not written in the book.