Saturday, July 30, 2011

Mimosa sunset


मैले आफ्नो ब्लगको पहिलो पोस्टिङमा सुर्यास्तका तस्बिरहरु छाने । मलाई सूर्यास्त प्रकाश र छायाको चन्चल खेल जस्तो लाग्छ । एकदिन म कोपेनहागेनको नोहाउनबाट मेरा साथीहरुसँग मोटरबोटमा निस्किए । मैले पहिलोपटक बोट सेलिङ गर्न सिकें । हावाको बेग र यस्को उपयोगको खेल बोट सेलिङमा रमाइलो लाग्यो । बोटमा झुन्द्याइएका ठुला कपडाले हाम्रो यात्रा अगाडी बढाएको थियो । १५ जुन बिहान ९ बजे सुरु भएको यात्रा साँझ ८ बाजे टुङ्गियो । गर्मी मौसमको सुरुवाती समय भएकोले हामी फर्किदा सम्म सूर्य अझै अस्ताइ सकेका थियेनन्। यहि एक दिने जल यात्रामा घाम र पानीको रंग र छायाको भेटलाई मेरो क्यामेराले कैद गरेको छु । अरु तस्बिरहरु पनि थप्दै जाने छु । यो ऐना मेरो सानो प्रयास...