Wednesday, June 26, 2013

रोपाइँ मौसम

धेरै बर्ष पछि  रोपाइँको समयमा घर (दमक) बस्ने  मौका पाइयो । गाउँमा रोपाइँको रमाइलो नै बेग्लई हुन्थ्यो पैला । चाम्रे, दही, गेडागुडीको रस र गुन्द्रुक आलीमा बसेर आमालाई दङ्याउदै खाएको स्वाद अब कही भेटन्न। तेइ पनि एसो एक दुई मेलो धान रोपौला भन्ने थ्यो जरोले थला बसाइगयो । आज चै हजुरआमाको आँखा छलेर क्यामरा लेर बारी तिर निस्कें र अलिली फोटा चै खिच्न भ्यायें ।  धान चै आज रोपी सकेछन म पुग्दा सम्म, भोली भेट्छुकी भन्ने आशा छ :)
          
























Friday, June 7, 2013

खुशीका रङ

सानामा बाँसको खवटामा सिन्को घुसारेर गुडुडु कुद्दै  फिरिरी घुमाउथ्यौ फिर्फिरे र मख्ख पर्थिम । अैले येस्ता रङिन, हेर्दै किनेर फिरफिर पारीहालुम जस्ता फिरफिरे पाईन्छन बजारमा अनी सम्झाइदिन्छन पुराना रमाइला दिन । 
एकदिन भक्तपुर घुम्दा घुम्दै यि फिरफिरेमा आँखा परेपछी फोटो नखिची बस्नै सकिन :)