Saturday, October 7, 2017

अधुरो

मध्यरातमा अचानक 
झल्यास्स बिउँझिदा मेरो आँखाको निंद भागीसकेको थियो
एकछिन खुट्याउनु थियो
सपना
बिपना
ठाउँ
समय  
आफैंलाई 

बाहिर 
हावा हो कि झरी 
रुखका पात हुन् की छानुको आवाज
मध्यरातको सन्नाटा हो की मन भित्रको आँधी
छुट्याउनु थियो 
र 
सम्झाउनु पर्नें थियो आफैंलाई 

त्यईबेला
तिम्रोमेरो अधुरो संबाद पढ्न मन भयो
बोल्दा बोल्दै हराएको तिमी
कुर्दाकुर्दै निदाएकी म 
यो मध्यरातमा 
आफ्नै आबाज नसुनिंनें गरि 
झरीपरेको बेला 
म 
मनमनैं 
तिम्रामेरा कुरालाई 
ह्याप्पी ईन्डिङ दिनें प्रयासमा छु।

बोल्दाबोल्दै तिमी नहराएको भए 
कुर्दाकुर्दै म ननिदाएकी भए 
यस प्रहरमा 
अँध्यारोमा टोलाउन छाडेर 
झरीको धुनमा हाम्रो मायाको आवाज सुन्थें होला
पुरा-अधुरो जिन्दगीको काहानी 

Saturday, August 12, 2017

बर्मा मुलुकको कथा



झन्डै डेढ़ वर्ष पछि ऐना हेर्ने जाँगर चल्यो। यो बीचमा धेरै यात्रा भए। झट्ट हेर्दा हाम्रै आफ्नैं जस्तो देखिनें तर नितान्त नौलो परिवेश, भाषा संस्कृति र नौलो देश (संसारकै लागि) मा नयाँ गाउँठाउँ घुम्नें मौका मिल्यो। यो नितान्त नौलो देश हामीले भन्ने गरेको बर्मा (म्यानमार) मुलुकको कथा फोटोमा।